Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

१४० दिनपछि त्रिवि सञ्चालनमा

१४० दिनपछि त्रिवि सञ्चालनमा

  • 528
    SHARES
  • १४० दिनपछि त्रिवि सञ्चालनमा

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्णरूपमा खुलाएपछि सञ्चालनमा आएको हो ।

    त्रिविका रजिष्ट्रार प्राडा.पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरु भएको बताए । ‘ताला पूर्णरूपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौं’, उनले भने, ‘अबदेखि हामी नियमित कार्यालयमा आउँछौं ।’

    तालाबन्दीका कारण त्रिविका पदाधिकरी कार्यालय आएर काम गर्न सकेका थिइनन् । उनले झण्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने बताए ।

    नेपाल विद्यार्थी संघ (नेविसंघ)ले यही जेठ २७ गते र गत शुक्रबार आंशिक शिक्षकहरूले जेठ २९ गते ताला खोलेका थिए । प्रतिनिधिसभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए ।

    यस्तै अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसंघले गत माघ ७ गतेदेखि र आंशिक शिक्षकहरूले माघ २० गतेदेखि तालाबन्दी गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij