Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

महानगरको नेतृत्व एमालेरहित

महानगरको नेतृत्व एमालेरहित

  • 513
    SHARES
  • महानगरको नेतृत्व एमालेरहित

    काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम अन्तिम चरणमा रहेको छ । ७ सय ५३ तह मध्ये ७ सय ५१ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ । बिहीबार साँझ काठमाडौं महानगरपालिकाको मतपरिणाम सार्वजनिक भएसँगै चासोको रुपमा हेरिएको देशभरका महानगरहरूले नयाँ नेतृत्व पाइसकेका छन् । 

    अघिल्लो निर्वाचन २०७४ मा महानगरमा जित हासिल गर्ने दलले यसपटकको निर्वाचनमा पुनः जितेर विरासत जोगाउँदै गर्दा एमालेले भने पहिले जितेका महानगर पनि गुमाएको छ। देशका ६ वटै महानगरमा एमाले शून्य भएको छ । 

    काठमाडौं महानगरको मेयरमा स्वतन्त्रतर्फका बालेन्द्र (बालेन) साहले जित निकाल्दा एमालेका तर्फबाट उम्मेदवार बनेका केशव स्थापित पराजित बनेका हुन् । त्यस्तै ललितपुर महानगरपालिकामा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन विजयी भएका छन्। महर्जनले प्रतिद्वन्द्वी नेकपा (एमाले) का हरिकृष्ण व्यञ्जनकारलाई हराएका हुन् । 

    भरतपुर महानगरमा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भइन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीलाई पराजित गरेकी हुन् । 

    यसअघि एमालेले जितेको पोखरामा यसपाली नेकपा एकीकृत समाजवादीले जित हात पारेको छ। पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य निर्वाचित भएका हुन्। उनले एमालेका कृष्ण थापालाई ६ हजार ४५ मतान्तरले हराउँदै विजयी भए । 

    एमालेले भने पहिले जितेका महानगर पनि गुमाएको छ। यसअघिको निर्वाचनमा काठमाडौं र पोखरामा एमालले जितेको थियो ।

    त्यस्तै विराटनगरमा कांग्रेसका नागेश कोइराला निर्वाचित भए । उनले एमालेका सागर थापालाई ९ हजार बढी मतले हराए।
    वीगन्जमा जसपाका उम्मेदवार राजेशमान सिंहले फराकिलो मतान्तरले एमालेका विजय सरावगीलाई हराए। 

    ६ महानगरमध्ये विराटनगर र ललितपुर महानगरमा नेपाली कांग्रेसले जित निकाल्दै यसअघिको विरासतलाई पनि जोगाउन सफल भएको हो । एमालेले भने पहिले जितेका महानगर पनि गुमाएको छ । यसअघिको निर्वाचनमा काठमाडौं र पोखरामा एमालले जितेको थियो । यद्यपि, मेयरमा शून्य भएको नेकपा एमालेले उपमेयरमा भने ४ वटा महानगरमा जित निकालेको छ। एमालेले काठमाडौं, ललितपुर, पोखरा र विराटनगर महानगरपालिकाको उपमेयर जितेको हो । 

    सबैभन्दा धेरै पालिकामा जित निकाल्दै कांग्रेस पहिलो पार्टी बन्यो भने एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो स्थानमा रहको छ । यी पार्टीले क्रमस ३२८, २०५ र १२१ पालिका प्रमुख जितेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij