Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पूर्वसांसद पौडेललाई मष्तिष्कघात, काठमाडौं मेडिकल कलेजमा उपचार हुँदै 

पूर्वसांसद पौडेललाई मष्तिष्कघात, काठमाडौं मेडिकल कलेजमा उपचार हुँदै 

  • 1.0K
    SHARES
  • पूर्वसांसद पौडेललाई मष्तिष्कघात, काठमाडौं मेडिकल कलेजमा उपचार हुँदै 

    काठमाडौं । राष्ट्रियसभाका पूर्वसदस्य प्रा विदुर पौडेल मष्तिष्काघात भई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका छन् । उनलाई अस्पतालको सघन उपचार कक्षमा भर्ना गरेर उपचार गरिरहेको नेपाली कांग्रेसका नेता लोकेश ढकालले जानकारी दिए । 

    पक्षाघातसमेत भई उनको शरीरको देब्रे भाग नचल्ने भएको र आँखा हेरे पनि प्रतिक्रिया नदिएको उनका भतिजा परमेश्वरले बताए । 

    सदाचारी एवम् इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए । सांसद हुँदा सुविधाका लागि गाडीका रुपमा प्राडो एवम् पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए । 

    गुह्वेश्वरीमा रहेको अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वाध्यक्षसमेत रहका पौडेलले उपत्यकाका नदीहरुको सरसफाई र व्यवस्थापनमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए ।

  • सम्बन्धित विषय:

  • # सांसद

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij