वेबटिभी खबर
काठमाडौं । कोभिड संकट व्यवस्थापन कार्यदल (सीसीएमसी) ले सरकारी कार्यालयमा दुई दिन बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ ।
संक्रमण रोकथामका लागि भीडभाड कम गर्न शनिबार र आइतबार बिदा दिन प्रस्ताव गरिएको जनाइएको छ ।
सीसीएमसीको यो प्रस्तावमाथि आज बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ । आइतबार अपराह्न बसेको सीसीएमसीको बैठकले सरकारसक्ष यस्तो सिफरिस गरेको हो ।
आवश्यक पर्ने न्यूनतम संख्यामा कर्मचारीलाई राखेर कार्यालय संचालन गर्न पनि सिफारिसमा उल्लेख छ । संक्रमण उच्च भएका ठाउँमा अत्यावश्यक सेवा बन्द गर्ने समेत उल्लेख छ ।
सिफारिसमा नीजि क्षेत्रको व्यापार तथा व्यावसायलाई बन्द गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिन भनिएको छ । सहरमा ५ सय र गाउँमा २ सयजना संक्रमित पुष्टि भए जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको गर्न सक्ने सिफरिस पनि सरकारलाई दिएको छ ।
आज बस्ने मन्त्रिपरिषद् बैठकमा यी विषयमा छलफल भई निर्णय सार्वजनिक हुँदैछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij