वेबटिभी खबर
एजेन्सी । हालै ट्वीटर खरिद गरेका एलन मस्कले ट्वीटर प्रयोगबारे नयाँ घोषणा गरेका छन् ।
उनको घोषणा अनुसार अब ट्वीटर प्रयोगकर्ताले पैसा तिर्नुपर्नेछ । यद्यपी, यो नियम सामनन्य प्रयोगकर्तामा भने लागू हुने छैन ।
मस्कले ट्वीट गर्दै भनेका छन्, ‘सामान्य प्रयोगकर्ताले ट्वीटर सधैंभरी निःशुल्क प्रयोग गर्न सक्छन् तर, व्यवसायिक र सरकारी प्रयोगका लागि केही मूल्य तिर्नुपर्ने हुन सक्छ।’
ट्वीटर खरिद गरेलगत्तै एलन मस्कले केही परिवर्तन गर्ने संकेत गरेका थिए । उनले ट्वीटरका केही फिचर र व्यवस्थापनमा पनि परिवर्तन ल्याउने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
मस्कले केही दिनअघि ४४ अर्ब डलरमा ट्वीटरको स्वामित्व खरिद गरेका थिए।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij