Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

  • 610
    SHARES
  • नेपालको भूमि ११ क्षेत्रमा वर्गीकरण

    काठमाडौं । नेपाल सरकारले भूमिलाई विभिन्न ११ क्षेत्रमा वर्गीकरण गरेको छ ।

    वन तथा वातावरण मन्त्रालयले शनिबार सार्वजनिक गरेको ‘राष्ट्रिय ढाकिएको भू-क्षेत्र अनुगम’ (नेशनल ल्याण्डकभर मोनिटरिङ सिष्टम) अनुसार भूमिलाई वन, कृषि, घाँसे मैदान, बुट्यान, सिमसार, हिउँ, हिमनदी, चट्टान, बगर, आवास र वनस्पतिरहित क्षेत्रमा विभाजन गरिएको हो ।

    मन्त्रालयले गत चैत ७ गते स्वीकृत गरेको उक्त प्रणाली विश्व पृथ्वी दिवसका अवसरमा सार्वजनिक गरेको हो । प्रणालीमा हरेक वर्ष भू-उपग्रहबाट खिचिएका नक्सा तथा तस्वीरको प्रयोग गरी अनुगमन गर्ने र प्रतिवेदन तयार गर्ने उद्देश्य राखिएको छ ।

    यस प्रणालीको प्रयोग गरी २००० देखि २०१९ सम्मको राष्ट्रिय, प्रादेशिक र भौगोलिक क्षेत्रअनुसारको ल्याण्डकभर नक्सा तयार गरिएको मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए ।

    नक्साका आधारमा २००० मा देशको वनक्षेत्र ३९.९९ प्रतिशत देखिएकामा २०१९मा ४१.६९ प्रतिशत पुग्न गई वन क्षेत्र वृद्वि भएको देखिन्छ । त्यसैगरी कृषि क्षेत्र  २०००मा २६.३१ प्रतिशत रहेकामा २०१९मा घटेर २४.२१ प्रतिशत हुन गएको देखिन्छ ।

    दिगो विकासका लागि आधारभूत स्रोतका रूपमा रहेका वन, कृषि, चरण, जल तथा आवासीय क्षेत्रको अवस्थिति र वितरण सम्बन्धी तथ्यांक तथा सूचना महत्वपूर्ण मानिन्छ । उक्त प्रणाली मन्त्रालयको वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले नापी विभाग, इसिमोड, युएसआइडीलगायत अन्य सरोकारवालको सहकार्यमा तयार गरिएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij