वेबटिभी खबर
काठमाडौं । शिक्षक सेवा आयोगले जेठ ३०भित्र सामुदायिक विद्यालयका शिक्षकहरूको शैक्षिकसत्र २०७८ को कार्यसम्पादन मूल्याङ्कन फाराम बुझाउन निर्देशन दिएको छ ।
आयोगले सूचना जारी गर्दै सबै शिक्षा विकास निर्देशनालय, शिक्षा विकास तथा समन्वय इकाइ र सबै स्थानीय तहलाई पत्राचार गर्दै सामुदायिक विद्यालयका शिक्षकहरूको शैक्षिक सत्र २०७८ को कार्य सम्पादन मूल्याङ्कन फाराम आगामी जेठ ३० गतेसम्म भर्न भराउन निर्देशन दिएको हो ।
यसअघि नयाँ शैक्षिक सत्र सुरु भएको ३० दिनभित्र सामुदायिक विद्यालयको कार्य सम्पादन मूल्यांकन फारम बुझाउनुपर्ने व्यवस्था भए पनि कोभिड–१९ को संक्रमणको कारण शैक्षित तालिकामा देखिएको परिवर्तनको कारण आयोगले जेठ ३० सम्मको समय दिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij