Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रावि तहको लाइसेन्स परीक्षाको विज्ञापनबारे यसो भन्छ आयोग

प्रावि तहको लाइसेन्स परीक्षाको विज्ञापनबारे यसो भन्छ आयोग

  • 4.3K
    SHARES
  • प्रावि तहको लाइसेन्स परीक्षाको विज्ञापनबारे यसो भन्छ आयोग

    काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन तत्काल नखुल्ने जनाएको छ ।

    बिहीबार आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले प्राथमिक तहको अध्यापन अनुमति पत्रको पाठ्यक्रम परिवर्तन नभएका कारण तत्काल विज्ञापन नखुल्ने जानकारी दिए । 

    वेबटिभी खबरसँग कुरा गर्दै मरहठ्ठाले भने, ‘निम्न माध्यमिक तह र प्राथमिक तहको शैक्षिक योग्यता एउटै भएकाले पनि तत्काल प्राविको विज्ञापन खुल्ने देखिदैन । पाठ्यक्रम परिवर्तन भएपछि मात्र विज्ञापन आह्वान गरिनेछ ।’ 

    यसअघि आयोगले २०७६ सालमा प्रावि तहको अध्यापन अनुमति पत्रको लागि विज्ञापन आह्वान गरेको थियो । 

    आयोगले हाल मावि तहको अध्यापन अनुमति पत्रको विज्ञापन आह्वान गरेको छ भने निमाविको आगामी जेठ महिनामा विज्ञापन गर्ने तयारी गरिरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij