वेबटिभी खबर
काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिले कोरोनाविरुद्धको खोप लगाएका यात्रुलाई केबलकार भाडामा २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउँदै सचेतना अभिवृद्धि गर्ने योजनाका साथ उक्त सहुलियत अगाडि ल्याएको हो ।
हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अवलम्बनमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ यो योजना लागू गरिएको जानकारी दिए ।
लामो समयको बन्दाबन्दीपछि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्डलाई पालना गर्दै सञ्चालनमा आएको चन्द्रागिरि हिल्सले भौतिक दूरी, स्यानिटाइजर र माक्सको प्रयोगलाई अनिवार्य गरेको छ । चन्द्रागिरि केबलकारमा कार्यरत सबै कर्मचारीले पहिलो चरणको खोप लगाइसकेको शाहले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij