Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

लमजुङमा चारदलीय गठबन्धन हुने

लमजुङमा चारदलीय गठबन्धन हुने

  • 442
    SHARES
  • लमजुङमा चारदलीय गठबन्धन हुने

    लमजुङ । लमजुङमा सत्ता गठबन्धन दलबीच आसन्न स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय भएको छ । नेपाली कांग्रेसका जिल्ला सभापति टकराज गुरूङको अध्यक्षतामा सत्ता गठबन्धन दलको आज बेँसीशहरमा बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारूढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन गर्ने निर्णय गरेको हो ।

    कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जिल्लास्तरीय नेताहरूको बैठकले निर्वाचनमा एक भएर अगाडी बढ्ने निर्णय गरेको बताइएको छ । बैठकले जिल्लाका सबै वडादेखि गाउँ र नगरपालिकासम्म गठबन्धन गरेर निर्वाचनमा अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति गुरूङले जानकारी दिए ।

    यसका लागि सभापति गुरूङको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक मधु अधिकारी गुरूङ, नेकपा (एकीकृत समाजवादी)का जिल्ला अध्यक्ष रामबाबु अधिकारी र जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष गमबहादुर तामाङ सदस्य रहने जिल्ला निर्वाचन संयन्त्र बनाउने निर्णय पनि गरेको उनले बताए ।

    जिल्लाका ८ पालिकामा गठबन्धन दलहरूको संयन्त्र सम्बन्धित दलका प्रमुख रहने गरी निर्माण गर्ने निर्णय गरेको छ । पालिका स्तरीय संयन्त्रमा संयोजक कांग्रेसका सम्बन्धित पालिका सभापति र सदस्यमा सम्बन्धित पालिकाका गठबन्धन दलका अध्यक्ष वा प्रमुख रहने निर्णय गरेको कांग्रेस जिल्ला सभापति गुरुङले बताए ।

    उनका अनुसार यस निर्णय बाहेक गठबन्धन दलबीच गठबन्धनको मर्म र भावना अनुरूप सुमधुर सम्बन्ध कायम राख्दै दल भित्रका जिम्मेवार नेता तथा कार्यकर्ताले एक आपसमा गठबन्धन विरोधी आरोप प्रत्यारोप नगर्न नगराउन, सामाजिक सञ्जाल लगायतका सञ्चारमध्येमबाट अशिष्ट, गालीगलोज जस्ता गतिविधि नगर्न नगराउन, आ-आफ्नो दलका नेता तथा कार्यकर्तालाई अपिल गर्ने एवं आपसी सम्मान र हार्दिकताको विकास गर्दै संयुक्तरूपमा स्थानीय तहको निर्वाचनमा सहभागी हुन निर्देशन गर्ने निर्णय गरेको बताए ।

    त्यस्तै, बैठकले आसन्न स्थानीय तहको निर्वाचनको सन्दर्भमा गठबन्धन दलको दलगत बस्तुस्थितिको प्रतिवेदन संयुक्तरूपमा तयार गरी आ-आफ्नो पार्टीको केन्द्रमा पठाउने निर्णय गरेको छ । स्थानीय तह निर्वाचनमा तल्ला तहसम्म अध्ययन गरेर जनताको भावनाअनुसार उम्मेदवार छनोट हुने गरी संयन्त्र निर्माण गरिने र आगामी दिनमा सोहीअनुसार उम्मेदवारको टुंगो लाग्ने सभापति गुरूङले बताए ।

    उनले केन्द्रीय निर्णयलाई स्वागत गर्दै जिल्लामा पनि गठबन्धनलाई प्रभावकारी बनाएर अगामी निर्वाचन गठबन्धनको पक्षमा लाग्ने गरी सबै राजनीतिक दल लागेको बताए । गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट मध्यनेपाल नगरपालिका र दूधपोखरी गाउँपालिकाका प्रमुख तथा अध्यक्ष जितेको थियो ।

    त्यस्तै, माओवादी केन्द्रले दोर्दी गाउँपालिका अध्यक्ष पद जितेको थियो । त्यस्तै, सुन्दरबजार नगरपालिकाको उपप्रमुखमा नेपाली कांग्रेस, मर्स्याङ्दी गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्र, राइनास नगरपालिकामा कांग्रेसले उपप्रमुख पद जितेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij