वेबटिभी खबर
काठमाडौं । विद्युतीय आपूर्ति प्रणालीमा समस्या आएपछि चन्द्रागिरि केबलकार चढेका यात्रु डेढ घण्टा थुनिए । चन्द्रागिरि दर्शन गर्न जाने र फर्किने क्रममा यात्रु सवार केबलकार अचानक बन्द भएको थियो ।
मङ्गलबार दिउँसो साढे २ बजे प्रहरीको प्रयासमा अड्किएका पाँच बालबालिकासहित ३७ जनाको उद्धार गरिएको थियो ।
केबलकारमा यात्रु फसेको सूचनापछि महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक नेतृत्वमा प्रहरी टोली, थानकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट एम्बुलेन्ससहित डाक्टर, नर्ससहितको टोली उद्धारका लागि केबलकार स्टेसन पुगेका थिए ।
केबलकारमा प्राविधिक समस्या आएको भनिए पनि विद्युत् प्रवाह नै बन्द भएको थियो । वैकल्पिक ऊर्जा प्रवाह गर्ने जेनेरेटरमार्फत केबलकार सञ्चालन गर्ने प्रयास सफल हुन नसकेको हो ।
चन्द्रागिरि हिल्स प्रालिले भने विद्युत् प्रवाहमा गडबडी हँुदा केहीबेर केबलकार रोकिएको भन्दै घटना सामान्य रहेको दाबी गरेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij