Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

साँखु सडकखण्ड अवरुद्ध

साँखु सडकखण्ड अवरुद्ध

  • 517
    SHARES
  • साँखु सडकखण्ड अवरुद्ध

    काठमाडौं । काठमाडौंको दक्षिणढोका थली हुँदै साँखु जाने आउने सवारी साधन आज पनि प्रभावित भएका छन् ।

    सडक मर्मतको माग राख्दै थली मिलनचोकमा स्थानियले सडक अवरुद्ध गर्दा मुख्य सडकमा सवारी आवागमन प्रभावित भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    थली हुँदै चल्ने सवारी साधनलाई जोरपाटी–सुन्दरीजल हुँदै आउने-जाने व्यवस्था मिलाइएको छ । स्थानीयले बिहीबार पनि दक्षिणढोका थली हुँदै साँखु जाने सडक अवरुद्ध गरेका थिए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij