Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

जापानले कोभिड विरुद्धका प्रतिबन्धहरू हटायो

जापानले कोभिड विरुद्धका प्रतिबन्धहरू हटायो

  • 471
    SHARES
  • जापानले कोभिड विरुद्धका प्रतिबन्धहरू हटायो

    जापान । जापान सरकारले केही समयदेखि लगाउँदै आएको कोभिड विरूद्धको प्रतिबन्धहरूलाई यहाँका १८ वटा जिल्लामा फुकुवा गरेको जनाएको छ । जापानमा पछिल्लो समयमा कोभिडको संक्रमण बढ्दै गएपछि यसका विरूद्ध अपनाउनुपर्ने मापदण्डका रूपमा प्रतिबन्धहरू लगाइएको थियो । 

    जापान सरकारले यहाँका ४७ प्रिफेक्चरमध्ये १८ वटाका यस्ता प्रतिबन्धहरूलाई हटाएको जनाएको समाचारमा बताइएको छ । यसरी प्रतिबन्धहरू हटाइएका प्रिफेक्चरहरूमा टोकियो र ओसाका पनि रहेका छन् ।

    यहाँ गएको जनवरी ८ देखि यस्ता प्रतिबन्धहरू लगाइएको थियो । आज मंगलबारदेखि यहाँका अधिकारीहरूले १८ प्रिफेक्चरमा यस्ता प्रतिबन्धलाई हटाएको जनाएको हो । 

    यहाँका नागरिकलाई सार्वजनिक स्थलमा धेरै जम्मा हुन तथा होटल रेष्टुरेन्टहरू सञ्चालन गर्न पनि सीमित संख्याका ग्राहकमा मात्र दिइएको थियो । तर अहिले ती सबै प्रतिबन्ध हटाइएको छ । यहाँ अब नागरिकहरू ठूलो संख्यामा जम्मा हुने र आफ्ना व्यवसायहरू सञ्चालन गर्न पाउने भएका छन् । 

    बाँकी प्रिफेक्चरहरूमा भने कोभिड-१९ को संक्रमण कायमै रहेकाले अहिले प्रतिबन्ध नै कायम राखिएको छ । आगामी केही दिनसम्म यस संक्रमणको अवस्था हेरेर मात्र ती स्थानमा पनि प्रतिबन्धहरू हटाउन सकिने सरकारले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # जापान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij