Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

किशोरीलाई आत्मरक्षा तालिम

किशोरीलाई आत्मरक्षा तालिम

  • 847
    SHARES
  • किशोरीलाई आत्मरक्षा तालिम

    काभ्रेपलाञ्चोक । नमोबुद्ध नगरपालिकाले नगरभित्रका किशोरीका लागि आत्मरक्षा तालिम दिन सुरु गरेको छ । तीन दिने उक्त तालिम शुक्रबारदेखि नमोबुद्ध नपा-८ स्थित दाप्चा माध्यमिक विद्यालयमा सुरु गरिएको हो ।

    लैङ्गिक हिंसा न्यूनीकरण गर्ने उद्देश्यले आयोजित तालिममा नगरको वडा नं १, ७, ८, ९ र १० का पाँच विद्यालयको ४० किशोरी सहभागी भएका छन् । नगरपालिकाको सहयोगमा मण्डनदेउपुर नगरको द माउन्ट एभरेस्ट तेक्वान्दो डोजाङले सञ्चालन गरेको उक्त तालिम नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले शुभारम्भ गरेका थिए ।

    तालिममा कुनै पनि दुर्व्यवहारको प्रश्न उठाउन, तत्काल प्रतिवाद गर्न, स्थानीय तह वा प्रहरी सक्षम गएर उजुरी गर्न, वा भौतिक रुपमा प्रतिकार गर्न सक्ने बनाउने लगायत विषयमा जानकारी दिइने छ ।

    यस्तै त्यस्ता घटनको कानूनी व्यवस्थाबारे पनि जानकारी दिइने भएको छ । नगर प्रमुख तिमल्सिनाले तालिमले हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यस्तो तालिम अब निरन्तर रुपमा सञ्चालन गरिने जानकारी दिए ।

    ‘महिलामैत्री र बालमैत्री नगर निर्माणका लागि आफूहरुले निर्वाचित भएदेखि नै निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएका छौं’, उनले भने । नगर उपप्रमुख रामदेवी तामाङले किशोरी भएदेखि नै लैङ्गिक हिंसा सुरुहुने भएकाले त्यसलाई न्यूनीकरण गर्न यस्ता तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij