काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को सैद्धान्तिक छलफलमा सहभागी हुने भएको छ ।
आजबाट प्रतिनिधिसभा बैठकमा एमसीसीका बारेमा हुने सैद्धान्तिक छलफलमा नेकपा(एस) ले आफ्नो धारणा राख्ने तर पूर्ववत् मान्यता अनुसार संशोधन बिना अनुमोदन गराउन नहुने तर्क राख्नेछ ।
‘आजबाट प्रतिनिधिसभा बैठकमा हुने सैद्धान्तिक छलफलमा सहभागी हुनेछौँ,’ प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘तर, यसरी छलफलमा सहभागी भएपनि संशोधन बिना एमसीसी पारित गर्न हुँदैन भन्ने पार्टीको धारण स्पष्ट राख्ने छौं ।’ उनका अनुसार पार्टीले एमसीसीका बारेमा के कस्तो निर्णय गरेको थियो ? त्यो संसदबाटै थप जानकारी दिने योजना राखिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij