Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

ब्राजिलमा वर्षा र पहिरोमा परी ९४ को मृत्यु

ब्राजिलमा वर्षा र पहिरोमा परी ९४ को मृत्यु

  • 522
    SHARES
  • ब्राजिलमा वर्षा र पहिरोमा परी ९४ को मृत्यु

    ब्राजिल । भारी वर्षा र त्यसपछिको पहिरोका कारण ब्राजिलको रियो दि जेनेरियोको उत्तरमा रहेको पेट्रोपोलिस शहरमा ९४ जनाको मृत्यु भएको सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।

    स्पुतनिक समाचार एजेन्सीले मिडिया रिपोर्टलाई उद्धृत गर्दै करिब ८० जनाको ज्यान गएको जनाएको छ ।

    विपद्का कारण ५४ घर ध्वस्त भएका छन् । त्यसैगरी जी-१ प्रसारकलाई उद्धृत गर्दै, रूसी समाचार एजेन्सीले नागरिक रक्षा सेवाले २४ जनाको उद्धार गरेको छ भने  ३५ जना अझै हराइरहेको उल्लेख गरेको छ ।

    ब्राजिलमा मङ्गलबार भारी वर्षाका कारण पहिरो र बाढी आएको छ । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले आफ्ना मन्त्रीहरूलाई पेट्रोपोलिसमा बाढी पीडितहरूलाई सहयोग गर्न निर्देशन दिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij