Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पौडी खेल्ने क्रममा बेपत्ता भएको शव १० दिनपछि फेला

पौडी खेल्ने क्रममा बेपत्ता भएको शव १० दिनपछि फेला

  • 748
    SHARES
  • पौडी खेल्ने क्रममा बेपत्ता भएको शव १० दिनपछि फेला

    उदयपुर । उदयपुरको कटारी नगरपालिका-४ कटारी बजारका २७ वर्षीय रवीन तामाङको शव फेला परेको छ ।

    सुनकोसी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तामाङको शव घटनास्थलबाट करिब १६ किलोमिटर तल कटारी नगरपालिका-१४ घुर्मी नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बवदप्रसाद गौतमले जानकारी दिए ।

    गत १५ माघमा सिन्धुलीको फिक्कल गाउँपालिका-४ खार्साङस्थित सुनकोसी नदीमा पौडी खेल्ने क्रममा रवीन बेपत्ता भएका थिए ।

    इलाका प्रहरी कार्यालय कटारीको टोलीले खोजतलास गर्ने क्रममा आज उनको फेला पारेको हो । शव कानुनी प्रक्रिया पूरा गरेर परिवारलाई जिम्मा लगाइएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij