वेबटिभी खबर
काठमाडौं । नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजको सम्बन्धन खारेजीको माग गर्दै आठ विद्यार्थी संगठनले सोमबार काठमाडौं विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ ।
समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष टंकप्रसाद धमलाले सो माग गर्दैै विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको वेबटिभी खबरलाई जानकारी दिए ।
उनले भने, ‘क्रियाशील ८ विद्यार्थी संगठनद्वारा काठमाडौं विश्वविद्यालयसँग नोवेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरिएको छ । त्यहाँ अध्ययनरत बाँकी विद्यार्थीको शैक्षिक भविष्यको ग्यारेन्टीको पनि माग गरिएको छ ।’


मेडिकल माफियाविरुद्ध विद्यार्थी संगठन सडकमा, दिए यस्तो चेतावनी
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij