Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कोरोना विरुद्धको खोप लगाउन गाउँ-गाउँमा घुम्ती शिविर

कोरोना विरुद्धको खोप लगाउन गाउँ-गाउँमा घुम्ती शिविर

  • 410
    SHARES
  • कोरोना विरुद्धको खोप लगाउन गाउँ-गाउँमा घुम्ती शिविर

    कालिकोट । कालिकोटमा कोरोना विरुद्धको खोप लगाउन गाउँ गाउँमा घुम्ती शिविर सुरु गरिएको छ । संक्रमणदर बढ्दै गएपछि जिल्ला स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्न लागेको हो । 

    स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लाका स्थानीय तहको समन्वयमा जिल्लाभर कोरोना विरुद्धको खोप लगाउन शिविर सञ्चालन गरिएको छ । घुम्ती शिविर सञ्चालन, विद्यालय र स्थानीय स्वास्थ्य संस्थाबाट कोरोना विरुद्धको खोप कार्यक्रमलाई तीव्र पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.रत्नवीर सुनारले बताए ।

    जिल्लामा हालसम्म १ लाख २७ हजार जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ । खोपको पहिलो मात्रा लगाउने ८१ हजार ९५३, दोस्रो मात्रा लगाउने ४५ हजार ८०७ तथा बुस्टर डोज लगाउने ३४० जना रहेको उनले जानकारी दिए ।

    ‘खोप अभियानलाई जिल्लाभर तीव्र पारेका छौं’, उनले भने । कर्णाली राजमार्ग वरपरको क्षेत्रका जितेगडा र लालीगाघाट बजार क्षेत्रमा खोप अयियान सञ्चालन गरिएको छ । हुम्ला, जुम्ला, मुगु र बाजुराको प्रवेशद्वार मानिने कर्णाली राजमार्ग क्षेत्रमा खोप अभियान सुरु गरिएको हो । जिल्लाभर हाल १८१ जना कोरोनाबाट सङ्क्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij