Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

यसरी कम गराैं एक्लोपनकाे समस्यालाई

यसरी कम गराैं एक्लोपनकाे समस्यालाई

  • 449
    SHARES
  • यसरी कम गराैं एक्लोपनकाे समस्यालाई

    काठमाडौैं । मानिस सामाजिक प्राणी हो । यसमा परिवार, साथीभाई, इष्टमित्र, सहकर्मी सबैले एकअर्काको जीवनमा निर्वाह गरेको भूमिका महत्वपूर्ण हुन्छ ।

    उमेर बढ्दै जाँदा पढाई, काम, जिम्मेवारीको चटारोले मानिसलाई समय व्यवस्थापन गर्न कठिन हुँदै जान्छ । क्याम्पस, घर, कार्यलय गर्दागर्दै जीवनशैली फेरिन्छ । आफ्नै व्यस्तता र जिम्मेवारीले घुलमिल गर्न नपाएर मानिस एक्लो भइरहेको हुन्छ । 

    तर एक्लोपन क्षणिक होस् वा लामो, मानिसको जीवनमा यसले प्रभाव पारिरहेको हुन्छ । लामो एक्लोपन मस्तिष्कका लागि हानिकारक हुन्छ र यसले एन्जाइटी,  डिप्रेसनजस्ता समस्या पनि निम्त्याउन सक्छ ।

    विश्वमा कोभिड–१९ संक्रमण महामारी फैलिएपछि सामाजिक दुरीको नाममा मानिस झन् एक्लिँदै गइरहेकाे छ । यो महामारीले मानिसलाई थप एक्लो बनाइरहेको छ । एक्लोपनबाट छुटकरा पाउन चाहने व्यक्तिलाई कोरोनाले झन् जटिल अवस्थामा पुर्‍याएको छ । 

    एक्लोपनका जोखिम
    एक्लोपन धुम्रपान, मोटोपन र शारीरिक कमजोरी जस्तै हानिकारक हुन्छ

    एक्लै बस्न रुचाउने मान्छेमा डिमेन्सिया हुने सम्भावना ५० प्रतिशत हुन्छ 

    एक्लोपनले मुटुरोगको जोखिमलाई २९ प्रतिशत बढाउँछ भने हृदयघातको जोखिम ३२ प्रतिशत बढ्छ

    धेरै एक्लो बस्दा मानिसमा डिप्रेसन, एन्जाइटीको समस्या आउन सक्छ 

    कसरी व्यवस्थापन गर्ने ? 

    दैनिकी निर्धारित गर्ने
    धेरै अस्तव्यस्त दिनचर्या हुनेले अन्य धेरै जरुरी कामहरु बिर्सने गर्छन । कामको बोझले तनाव भइरहेको हुन्छ । कार्यलय होस् वा घर कसैसँग पनि राम्रोसँग कुरा गर्ने अवसर नपाइने अवस्था हुन्छ । यसरी अस्तव्यस्त दैनिकीलाई व्यवस्थित गर्न कार्यतालिका बनाएर काम गर्नु जरुरी हुन्छ । हरेक कामलाई समयानुसार बाड्नु पर्छ । यसबाट तनाव कम हुनुकासाथै घर र कार्यलयमा साथीभाई तथा आफन्तसँग रमाएर बस्न सकिन्छ । 

    नयाँ व्यक्तिहरुसँग भेट गर्ने
    आफ्नो एक्लोपनलाई ढाटा बनाउनको लागि जुन व्यक्तिहरुसँग कुरा गरेर खुसी मिल्छ ती व्यक्तिहरुसँग भेट गर्नुपर्छ । नयाँ र राम्रो विचार भएका व्यक्तिहरुसँग निकट हुनुपर्छ ।

    साथीहरुसँग घुम्न जाने, रमाइलो गर्ने, प्राकृतिसँग नजिक हुने कृयाकलापलाई बढाउने कोशिस गर्नुपर्छ । महामारीलाई ध्यानमा राख्दै खुला ठाउँमा दुरी र जनस्वास्थ्य मापदण्ड पालन गरेर भेटघाट गर्न सकिन्छ । यसले व्यक्तिलाई हलुका, ताजा र खुसी दिनेछ । 

    नशाको प्रयोग नगर्ने
    लामो समय एक्लो बस्ने व्यक्ति मदिरा, चुरोट, लागूऔषधको दुर्व्यसनमा फँस्ने गरेको देखिएको छ । एक्लोपन हटाउने नाममा यस्तो दुर्व्यसन लिनु एकदमै गलत हो । यस्ता दुर्व्यसनले एक्लोपनबाट छुटकरा दिलाउनुको सट्टा झन् बढाउँछ । साथै, यस्ता दुर्व्यसनले स्वास्थ्यलाई पनि हानि गर्छ । 

    व्यायाम तथा योग गर्ने
    हरेक दिन बिहान व्यायाम गर्नुपर्छ । खुला ठाउँमा व्यायाम वा पैदल हिँड्दा ताजा हावाले चुुस्त र फूर्तिलो बनाउँछ । पार्क वा बगैचामा नयाँ व्यक्तिहरु भेटिन्छन्, जोसँग कुरा गरेर आफ्नो एक्लोपनलाई हटाउन सकिन्छ । 

    गीत सुनेर नाच्ने
    खाली समयमा आफ्नो मनपर्ने गीत बजाएर मन खोलेर नाच्न सके केही हदसम्म एक्लोपनबाट बच्न सकिन्छ । यसले व्यायामसँगै मनोरञ्जन हुने हुँदा एक्लोपन महशुस हुन पाउँदैन । 

  • सम्बन्धित विषय:

  • # मोवाइल

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij