वेबटिभी खबर
काठमाडौं । बिनाकारण विद्यालयले शिक्षक निकालेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयमा तालाबन्दी गरेका छन् ।
संगठनले शिक्षक शिवराज जैशीलाई पुनर्बहालीको माग राख्दै प्रधानाध्यापक कक्ष र विद्यालयको लेखा शाखामा तालबान्दी गरेको हो । विगत ५ वर्षदेखि निमावि तहमा अंग्रेजी विषय अध्यापन गराउँदै आइरहेका शिक्षक जैशीलाई विद्यालयले बिनाकारण निकालेको संगठनको दाबी छ ।
आवश्यक हुँदा प्रयोग गर्ने र आवश्यक नहुँदा निकाल्ने विद्यालय प्रशासनको उपयोगवादी हर्कतलाई स्वीकार गर्न नसकिने विद्यार्थी संगठनले जनाएको छ ।
अहिले चेतावनी स्वरुप तालाबन्दी गरेको र तत्काल शिक्षक जैशीलाई पुनर्बहाली नगरे जस्तोसुकै कदम पनि चाल्न सक्ने संगठनले जनाएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij