Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने, परीक्षा के होला ?

त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने, परीक्षा के होला ?

  • 552
    SHARES
  • त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने, परीक्षा के होला ?

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ ।

    पछिल्लो समय मुलुकभर कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्वविद्यालयअन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसहरूमा बिदा दिने निर्णय गरेको हो ।

    यस अवधिमा सञ्चालित परीक्षा भने नरोकिने त्रिविले जनाएको छ । ‘त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण विभाग र आंगिक क्याम्पसहरूले हिउँदे र वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरूलाई हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी २०७८ माघ १० गतेसम्म बिदा दिने,’ त्रिविले जारी गरेको सूचनामा भनिएको छ, ‘हाल सञ्चालनमा रहेका सबै परीक्षाहरू यथावत सञ्चालन गर्ने । परीक्षा केन्द्रहरूमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने ।’

    हेर्नुहाेस् सूचना

    tu.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij