Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

जसपानिकट विद्यार्थी संगठनमा दर्जन बढी प्रवेश, बाबुरामले गरे स्वागत

जसपानिकट विद्यार्थी संगठनमा दर्जन बढी प्रवेश, बाबुरामले गरे स्वागत

  • 613
    SHARES
  • जसपानिकट विद्यार्थी संगठनमा दर्जन बढी प्रवेश, बाबुरामले गरे स्वागत

    काठमाडौं । विभिन्न पार्टी परित्याग गरी जनता समाजवादी पार्टी, नेपाल (जसपा)निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनमा दर्जन बढी विद्यार्थीहरू प्रवेश गरेका छन् ।

    बिहीबार (२९ पुस) मा राजधानीमा आयोजित कार्यक्रमकाबीच नेपाली कांंग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र परित्याग गरी १७ जना समाजवादी युनियनमा प्रवेश गरेका हुन् । उनीहरू सबैलाई जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रवेश गराए ।

    कार्यक्रममा बोल्दै अध्यक्ष डा.भट्टराईले आलोचनात्मक चेत विकास गर्न र निरन्तर सत्य र न्यायको पक्षमा लाग्न विद्यार्थीहरूलाई सुझाव दिए । ‘‘बा’संस्कृतिको सट्टा आलोचनात्मक चेत विकास गर्न र निरन्तर सत्य र न्यायको पक्षमा लाग्न आग्रह,’ अध्यक्ष डा.भट्टराईले भने ।

    विश्व र नेपालका प्रमुख विचारधारालाई बुझ्न पनि डा.भट्टराईको सुझाव छ । उनले भने, १. पूँजीवाद = स्वतन्त्रता - समानता; २. साम्यवाद = समानता - स्वतन्त्रता ३. समाजवाद = स्वतन्त्रता + समानता + समृद्धि ।’

    कार्यक्रममा समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठलगायत सयौं उपस्थित थिए । 

    DR.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij