वेबटिभी खबर
काठमाडौं । त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, डीनको कार्यालयले स्नातक तह, (बी.एस्सी फरेष्ट्री) को प्रवेश परीक्षाका लागि फाराम भर्ने सूचना जारी गरेको छ ।
फाराम अनलाइनबाट पनि भर्न सकिने छ । आवेदन फाराम भर्न तीन हजार दुई सय र प्रति समावेशी सीट थप एक सय रूपैयाँ तोकिएको छ ।
फाराम भर्ने अवधि २०७८/९/२५ देखि २०७८/१०/२४ र दोब्बर दस्तुर तिरी २०७८/१०/२८ सम्म रहेको छ ।
परीक्षा मिति २०७८/११/७ मा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म तोकिएको छ ।
यो सूचना हेर्नुहोस्

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij