Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामाले दिए राजीनामा 

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामाले दिए राजीनामा 

  • 758
    SHARES
  • त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामाले दिए राजीनामा 

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.प्रेमध्वज लामा राजीनामा दिएका छन् । उनले पदबाट राजीनामा दिएको शुक्रबार त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व विभागले पुष्टि गरेको हो ।

    नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोकबाट प्रतिनिधि निर्वाचित भएलगत्तै उनले उपप्राध्यापकबाट राजीनामा दिएका थिए । तर,उनको राजीनामा स्वीकृत भएको थिएन ।

    नेपाली इतिहास, संस्कृति तथा पुरातत्व केन्द्रीय विभागमा कार्यरत लामाले राजीनामा बुझाएका मुख्य कार्याल्य सहायक ईन्द्रकुमारी महर्जनले बताइन् ।हालै मात्र उनले विद्यावारिधि उपाधि हासिल गरेका हुन् ।

    उनले आगामी २७ पुसमा हुने कांग्रेस सिन्धुपाल्चोकको सभापतिका उम्मेदवारी दिने भएका छन् । लामा पार्टी सभापति शेरबहादुर देउवानिकट नेता हुन् । विद्यार्थी राजनीतिबाट शिक्षण पेसामा प्रवेश गरेका लामा फेरि पार्टी राजनीतिमा लागेका छन् ।

    rajinama.jpg.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij