Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

लोकसेवा आयोगद्वारा दरखास्त संकलन कार्य स्थगित

लोकसेवा आयोगद्वारा दरखास्त संकलन कार्य स्थगित

  • 624
    SHARES
  • लोकसेवा आयोगद्वारा दरखास्त संकलन कार्य स्थगित

    काठमाडौं । लोकसेवा आयोगले शाखा अधिकृतका लागि गरेको विज्ञापनमा लिइरहेको दरखास्त संकलनको कार्य स्थगित गरेको छ ।

    उच्च अदालत पाटनले शाखा अधिकृतको विज्ञापन बमोजिमको कार्य अन्तरिम आदेशको छलफलको मितिसम्म नगरेर यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएपछि आयोगले सूचना जारी गर्दै दरखास्त संकलन कार्य स्थगित गरेको हो ।

    आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरहका पदका लागि हाल सुचारु रहेको बढुवा एवं खुला विज्ञापनतर्फ दरखास्त लिने कार्य मिति पुस १८ गतेसम्मका लागि स्थगित गरेको छ ।

    लोकसेवा आयोगले आयोगको वार्षिक कार्यतालिका अनुसार मंसिर मसान्तमा निजामती सेवातर्फका विभिन्न सेवा समूहका राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक शाखा अधिकृत वा सो सरहको पदका लागि ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनबाट हुने बढुवा र खुला तथा समावेशी प्रतियोगितातर्फ विज्ञापन गरी दरखास्त लिदै आएको थियो ।

    ok.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij