Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कालोपट्टी बाँधेर आन्दोलनमा निस्किए इसीडी शिक्षक र विद्यालय कर्मचारी

कालोपट्टी बाँधेर आन्दोलनमा निस्किए इसीडी शिक्षक र विद्यालय कर्मचारी

  • 1.7K
    SHARES
  • कालोपट्टी बाँधेर आन्दोलनमा निस्किए इसीडी शिक्षक र विद्यालय कर्मचारी

    काठमाडौं । संघीय सरकारले तोकेको सात हजार रूपैयाँ पारिश्रमिक उपलब्ध नगराएपछि प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन् ।

    सरकारले शिक्षक र विद्यालय कर्मचारीलाई मासिक रूपमा न्युनतम पारिश्रमिक १५ हजार रूपैयाँ उपलब्ध गराउन २०७८ असार ८ गते स्थानीय तहलाई परिपत्र गरेको थियो ।

    स्थानीय तहले सात हजार रूपैयाँ उपलब्ध नगराएपछि मोरङको जहदा गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र विद्यालय कर्मचारी हातमा कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका हुन् ।

    इसीडी शिक्षक शोभा मण्डलले भनिन्, ‘जहदा गाउँपालिकाले हामी इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई सरकारले तोकेको तलब नदिएपछि हामीले हातमा कालोपट्टी बाँधेर ध्यानाकर्षण गराउन आएकाछौं । हाम्रो यो आन्दोलन भोलि पुस १५ गते पनि हुन्छ । हामी श्री जन आधारभूत विद्यालय जहादा-२ मा कार्यरत इसीडी शिक्षक र विद्यालय कर्मचारी हौं ।’

    संघीय सरकारले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक आठ हजार रूपैयाँ उपलब्ध गराएको छ । शिक्षक र कर्मचारीको न्युनतम पारिश्रमिक १५ हजार हो । स्थानीय तहले सात हजार उपलब्ध नगराउँदा देशभरका शिक्षक र विद्यालय कर्मचारी आन्दोलित छन् ।

    ecdss.jpg

    escd.jpg   

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij