Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

त्रिविमा शुक्रबार ६ विद्यार्थी संगठनले आन्दोलन गर्ने

त्रिविमा शुक्रबार ६ विद्यार्थी संगठनले आन्दोलन गर्ने

  • 1.5K
    SHARES
  • त्रिविमा शुक्रबार ६ विद्यार्थी संगठनले आन्दोलन गर्ने

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा शुक्रबार पठन-पाठन नहुने भएको छ ।

    करारमा कार्यरत शिक्षक र कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविको निर्णय सच्याउन माग गर्दै ६ विद्यार्थी संगठनले त्यसविरुद्ध आन्दोलन गरिरहेका छन् । सो निर्णय सच्याउन दबाब दिन विद्यार्थी संगठनहरूले भोलि शुक्रबार त्रिवि बन्द गर्ने भएका हुन् ।

    समाजवादी विद्यार्थी युनियनका नेता प्रविन दाहालका अनुसार भोलि त्रिविमा पठनपाठन हुँदैन । त्रिवि बन्द हुन्छ । परीक्षा भने सञ्चालन हुन्छ । त्रिविले निर्णय नसच्यायसम्म हाम्रो आन्दोलन रोकिदैन । रजिष्टार र रेक्टरको मुख्य गेटमा लगाइएको ताला खुल्दैन ।

    आन्दोलनमा समाजवादी विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ (नेविसंघ), अखिल क्रान्तिकारी, अखिल छैठौं, अखिल क्रान्तिकारी (विप्लव समूह) र अनेरास्ववियू (एमाले) अनेरास्ववियू (एकीकृत समाजवादी) छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij