Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मलेसियामा बाढीबाट १४ को मृत्यु, ७० हजार विस्थापित

मलेसियामा बाढीबाट १४ को मृत्यु, ७० हजार विस्थापित

  • 561
    SHARES
  • मलेसियामा बाढीबाट १४ को मृत्यु, ७० हजार विस्थापित

    रासस/एएफपी । मलेसियामा आएको बाढीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

    केही दिनदेखिको अत्याधिक वर्षाका कारण बाढी आएर धनजनको क्षति गरेको अधिकारीहरूले जानकारी दिएका छन् । 

    बाढीका कारण अन्य ७० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । 

    बाढीबाट मलेसियाको पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको छ । त्यस बाहेक करिब सात ओटा प्रान्त बाढीबाट प्रभावित भएका बताइएको छ । 
      
    उद्धारकर्ता, सहयोगदाता तथा सरकारी अधिकारीहरुले विस्थापितहरुलाई सहयोग प्रदान गरेका छन् । 

    मलेसियाको सैन्य टोली तथा उद्धारकर्ताहरुले बाढी पिडित, डुबानमा परेका तथा विस्थापितहरूलाई डुङ्गाबाट मङ्गलबार पनि खाद्य पदार्थ वितरण गरेका थिए ।

    बाढीका कारण सडक, विद्युत, सञ्चारलगायतका सेवा अवरुद्ध भएका छन् भने उद्धार कार्यमा समेत कठिनाइ भइरहेको अधिकारीहरूले जनाएका छन् ।  

    जताजतै बाढी भएकाले कतिपय व्यक्तिहरू थुनिएको वा डुवानमा परेको ठाउँबाट पौडिदै ज्यान जोगाउन र सुरक्षित स्थानमा पुग्न सफल भएका छन् ।
     
    मलेसियामा बाढीका कारण अरु लाखौँ नागरिक प्रभावित भएको अधिकारीहरूले जनाएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij