Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

जाजरकोटको दुर्गम गाउँमा सडक निर्माणभएपछि स्थानीय खुशी

जाजरकोटको दुर्गम गाउँमा सडक निर्माणभएपछि स्थानीय खुशी

  • चैत्र १७, २०७७ मंगलवार १७:५० बजे
  • 748
    SHARES
  • जाजरकोटको दुर्गम गाउँमा सडक निर्माणभएपछि स्थानीय खुशी

    जाजरकोट । नलगाड नगरपालिका–१० को साइलेसाँघु खोलाबाट रावतगाउँ हुँदै ध्यारगाउँ जोड्ने सडक निर्माण भएको छ । नगरपालिकाको सबैभन्दा दुर्गम ठाउँका रूपमा रहेको रावतगाउँमा  सडक पुगेसँगै स्थानीयवासी खुशी भएका छन् ।

    भिरालो जमीन र कडा चट्टान भएको ठाउँमा यति छिट्टै सडक बन्ला भनेर  कल्पनासमेत नगरेका स्थानीयवासीले गाउँमै छिट्टै सडक पुगेपछि खुशियाली छाएको बताएका हुन् । घर छेउमै मोटरबाटो बनेपछि स्थानीयवासी गद्गद भएको वडाध्यक्ष भद्रबहादुर ध्यारले भने । सडक नहुँदा यहाँका सर्वसाधारण पाँच घण्टा हिँडेर चौखा आएर गाडी चढ्ने गर्दथे ।

    डोल्पाको मुड्केचुला गाउँपालिका जोडिने सडक भएकाले प्राथमिकतामा राखेर काम भइरहेको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ । जनयुद्धकालमा सबैभन्दा सुरक्षित बाटो मात्र होइन, सयौँ योजना र बैठक गर्ने क्षेत्रका रूपमा समेत यो ठाउँ चर्चित छ । 

    प्रदेश सरकारको एक करोड ४७ लाखको लागतमा खड्का कृष्ण कन्स्ट्रक्शनले सो सडक निर्माणको जिम्मा लिएको थियो ।

    सो सडक सडकखण्डमा ६२ हजार घनमिटर माटो कटिङ तथा १० हजार घनमिटर कडा चट्टानको भाग कटिङ गर्नुपर्ने उल्लेख छ । सडक बनेपछि रावतगाउँ र ध्यारगाउँका स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् ।

    पहिले दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न घोडा खच्चडकै विकल्प थियो । यातायात सुविधा पुगेपछि दैनिक उपभोग्य वस्तुको ढुवानी गर्न तथा स्थानीयवासीलाई आउजाउ गर्न सहज भएको स्थानीयवासी गोपाल ध्यारले बताए ।

    यो गाउँ अझै सञ्चार तथा सञ्चारमाध्यमको पहुँचबाट टाढा रहेको छ । 

  • सम्बन्धित विषय:

  • # डोल्पा
  • # जाजरकोट

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij