वेबटिभी खबर
काठमाडौं । छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समिति, नेपालले २०७२-६-२ पछि नियुक्त भएका छुट अस्थायी करार शिक्षकहरूलाई शिक्षक सेवा आयोगले हालै जारी गरेकाे खुल्ला विज्ञापनमा उमेरको हदबन्दी नलगाउन नेपाल शिक्षक महासंघ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल सरकारसमक्ष माग गरेको छ । आइतबार (४ पुस) एक पत्र सार्वजनिक गर्दै समितिले सो माग गरेको हो ।
संघर्ष समितिले २०७२-६-२ पछि नियुक्त भएका छुट अस्थायी करार शिक्षकहरूलाई एक पटक संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षाको व्यवस्था गर्न माग गरेको छ । त्यसैगरी संघर्ष समितिले २०७२-६-२ पछि नियुक्त भएका छुट अस्थायी करार शिक्षकहरूलाई रोजगारीबाट विस्थापित नगर्न र संविधानमा व्यवस्था भएअनुसार रोजगारी हकको सुनिश्चित गर्न पनि माग गरेको छ ।

यो पनि,
शिक्षक सेवा आयोगमा फारम भर्न तोकियो उमेर
शिक्षक सेवा आयोगको फारम भर्न इसीडी शिक्षकलाई यति शैक्षिक योग्यता चाहिने
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij