वेबटिभी खबर
काठमाडौं । एक साताभित्र निम्न माध्यमिक तह शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरिने भएको छ । शिक्षक सेवा आयोगले सो जानकारी दिएको हो । यस पटकबाट परीक्षणका रूपमा अनलाइनमाध्यमबाट आवेदन लिन थालिएको छ ।
आवेदकको सङ्ख्या एकै पटक ह्वात्तै बढेपछि सर्भर नै डाउन हुने डरले क्रमशः हरेक तहको विज्ञापन आह्वान गर्ने रणनीति आयोगले लिएको हो । आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले यही पुस १० गतेभित्र निम्न माध्यमिक तहका लागि विज्ञापन आह्वान भइसक्ने जानकारी दिए ।
उनको भनाइमा पुस २१ गतेभित्र प्राथमिक तहको विज्ञापन अह्वान गरिनेछ ।
शिक्षक सेवा आयोगको विज्ञापनप्रति राहत शिक्षकहरूले जनाए यस्तो आपत्ति [विज्ञप्तिसहित]
शिक्षक सेवा : परीक्षाको नमूना प्रश्न यस्ता छन्
निमावि र प्रावि तहको विज्ञापन खुलाउन प्राविधिक तयारी गर्दै शिक्षक सेवा आयोग
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij