Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

२४ घण्टामा देशभर १८४ कोरोना संक्रमित थपिँदा २६७ जना संक्रमणमुक्त

२४ घण्टामा देशभर १८४ कोरोना संक्रमित थपिँदा २६७ जना संक्रमणमुक्त

  • 581
    SHARES
  • २४ घण्टामा देशभर १८४ कोरोना संक्रमित थपिँदा २६७ जना संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जम्मा ११ हजार १८ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    ७ हजार २३० पीसीआर परीक्षण गर्दा १६० जना र ३७ सय ८८ एन्टीजेन परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    यस अवधिमा २६७ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट २ जनाको निधन भएको छ । 

    हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ५२६ रहेको छ । सक्रिय संक्रमितमध्ये ५ हजार २४७ जना होम आइसोलेसनमा र २७९ जना सस्ंथागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १११ जना आइसियूमा र २८ जना भेन्टिलेटरमा उपचारत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij