Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सचिवालयले भन्यो: शशांकबारे देउवा प्यानलले भ्रम फैलायो

सचिवालयले भन्यो: शशांकबारे देउवा प्यानलले भ्रम फैलायो

  • 435
    SHARES
  • सचिवालयले भन्यो: शशांकबारे देउवा प्यानलले भ्रम फैलायो

    काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उम्मदेवारहरू अन्तिम कसरतमा छन् । मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नो प्यानलमा राखेर प्रचार गरिरहेका छन् ।

    सभापतिको दौडमा शेरबहादुर देउवा पक्षले पनि केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालालाई आफ्नो प्यानलमा राखेर मतपत्रको नमुना बाँडिरहेको छ ।

    तर, शशांकको निजी सचिवालयले भने यसलाई भ्रम भनेको छ ।

    शशांकका स्वकीय सचिव भरत तिवारीले शेखर कोइरालाको प्यानललाई नै सहयोग रहने बताए ।  तिवारीले भने,  'उहाँ (शशांक) को नाम दुवै समूहले राखेका छन् । तर, समर्थन शेखर कोइरालाको प्यानललाई नै हो ।’ 

    यद्यपी, शशांक यसअघि नै शेखरसँग रुष्ट छन् । इतरबाट सभापतिमा साझा उम्मेदवारको पक्षमा रहे पनि शेखर र प्रकाशमान सिंहले नमानेपछि समूह छिन्नभिन्न भएको थियो । शशांक शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् ।

    देउवा प्यानलको मतपत्रमा शशांकको नाम !

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij