Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले मस्कलाई भने– टेस्लाको १० प्रतिशत सेयर बेच्नु उत्तम

सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले मस्कलाई भने– टेस्लाको १० प्रतिशत सेयर बेच्नु उत्तम

  • कार्तिक २२, २०७८ सोमवार १०:०८ बजे
  • 572
    SHARES
  • सर्वेक्षणमा सहभागी ५८ प्रतिशतले मस्कलाई भने– टेस्लाको १० प्रतिशत सेयर बेच्नु उत्तम

    एजेन्सी ।  विश्वकै धनाढ्य तथा टेल्सा कम्पनीका मालिक एलन मस्कलाई कम्पनीको १० प्रतिशत सेयर बिक्री गर्न मतदाताले अनुरोध गरेका छन् । ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरुले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका हुन् । यो सँगै मस्कले करिव २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ ।

    मस्कले सञ्चालन गरेको सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत  मतदाता मस्कले सेयर बिक्री गर्नुपर्ने पक्षमा उभिएका थिए । 

    सर्वेक्षणअघि मस्कले मत परिणाम स्वीकार्ने बताएका थिए । तर, परिणामपछि उनले कुनै टिप्पणी गरेका छैनन् अर्थात उनले कसरी र कहिले सेयर बिक्री गर्छन भन्ने बारेमा केही खुलाएका छैनन् । 

    उनले सेयर बिक्री गरेमा उनले ठूलो परिणाममा कर तिर्नुपर्छ । शनिबार एउटा ट्विटमा मस्कले टेस्लाबाट आफूले कुनै तलब वा बोनस नपाएको भन्दै आय कर तिर्न आफ्नो कमाई नभएको बताएका थिए । तर, उनले ‘क्षतिपूर्ति प्याकेज’बाट अर्बौं डलर कमाउँछन् । 
     

  • सम्बन्धित विषय:

  • # एलन मस्क
  • # टेस्ला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij