Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

काठमाडौं उपत्यकामा ११९ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा ११९ जना संक्रमित थपिए

  • 492
    SHARES
  • काठमाडौं उपत्यकामा ११९ जना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायकाअनुसार काठमाडौंमा ९९, भक्तपुर ७ र ललितपुरमा १३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । 

    यस अवधिमा देशभर ५१८ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ८ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ रहेको छ । जसमध्ये ८ हजार ६१५ जना होम आइसोलेसनमा र ७६१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये २२५ जना आइसियूमा र ७० जना भेन्टिलेटरमा उपचारत छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij