Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

पढाइलाई जोक मान्ने एलन मस्कले प्राविधिक कलेज खोल्ने

पढाइलाई जोक मान्ने एलन मस्कले प्राविधिक कलेज खोल्ने

  • कार्तिक १४, २०७८ आइतवार ०९:४१ बजे
  • 542
    SHARES
  • पढाइलाई जोक मान्ने एलन मस्कले प्राविधिक कलेज खोल्ने

    एजेन्सी । टेस्ला कम्पनीका मालिक तथा अर्बपति एलन मस्कले अमेरिकामा नयाँ विश्वविद्यालय खोल्ने बताएका छन् । उनले टेक्सामा एउटा प्राविधिक विश्वविद्यालय खोल्न लागेको बताएका हुन् । उच्च शिक्षाविरुद्ध आफ्ना धारणा राख्दै आएका उनको पछिल्लो भनाई आफैमा बिरोधाभाषपूर्ण छ । 

    कतिपयले यसलाई जोकको रुपमा पनि लिएका छन् । तर, केहीले उनको विश्वविद्यालय खोल्ने योजना वास्तविक भएको बताएका छन् । आफूले खोल्ने विश्वविद्यालय सम्मानित हुने उनले बताएका छन् । यसअघि मस्कले सन् २०१४ मा क्यालिफोर्नियाको स्पेस एक्स क्याम्पसमा एउटा विद्यालय खोलेका थिए । 

    मस्कले औपचारिक अध्ययनलाई खासै महत्व दिँदैनन् । कलेजको पढाइलाई उनी ‘जोक’ मान्छन् ।  ‘मलाई लाग्छ कलेज आधारभूत रूपमा रमाइलोका लागि हो । ’ यसअघि मस्कले भनेका थिए । आफूलाई कहिल्यै कलेज आवश्यक नपरेको र आफूलाई जे मन पर्छ त्यही पढेको उनको भनाई छ । 
     

  • सम्बन्धित विषय:

  • # एलन मस्क

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij