Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पर्वतका सिल्मी-ठूलीपोखरी-कार्किनेटा सडक १५ दिनका लागि बन्द

पर्वतका सिल्मी-ठूलीपोखरी-कार्किनेटा सडक १५ दिनका लागि बन्द

  • चैत्र ६, २०७७ शुक्रवार १२:१७ बजे
  • 1.3K
    SHARES
  • पर्वतका सिल्मी-ठूलीपोखरी-कार्किनेटा सडक १५ दिनका लागि बन्द

    काठमाडौं । पर्वतको सदरमुकाम कुश्मा बजारसँग जिल्लाका विभिन्न भाग जोडिने सिल्म-ठूलीपोखरी-कार्किनेटा सडकमा १५ दिनका लागि सवारी आवागमन बन्द गरिने भएको छ ।

    अधिकांश ठाउँमा कालोपत्र र सडकका केही ठाउँमा ढलान गर्नुपर्ने भएकाले यही चैत ८ देखि २३ गतेसम्म सवारी आवतजावत पूर्णरूपमा बन्द गरिने भएको हो ।

    पूर्वाधार विकास कार्यालयले आरसिसी ढलानको काम हुने र सवारी आवतजावत गर्दा ढलान भत्कने तथा क्षतिग्रस्त हुने भएकाले सवारी साधन सञ्चालन गर्न नमिल्ने जनाएको छ ।

    पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीले सडकको गुणस्तर नबिग्रियोस भनेर पूर्णरूपमा सवारी आवजावत बन्द गरिने जानकारी दिए ।

    उक्त अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न कार्यालयले सुझाव दिएको छ । सडक बन्द हुँदा पकुवा, आर्थर, ठूलीपोखरी, कार्किनेटा, थापाठाना, खौलालाकुरीलगायतका क्षेत्रका यात्रुलाई समस्या पर्ने भएको छ ।

    सडक बन्द हुँदा सिल्मी हुँदै साइकलचोक-गहतेपोखरा-लाम्पाटा-ठूलीपोखरी सडक प्रयोग गर्न सकिने छ ।

    उक्त सडक केही किलोमिटर लामो भए पनि गुणस्तरीय रहेकाले सोही मार्ग प्रयोग गर्न कार्यालयले आग्रह गरेको छ । सांकेतिक तस्बिर 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij