Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

मुगुमा देउवा पक्षको वर्चश्व, सभापतिमा शाही

मुगुमा देउवा पक्षको वर्चश्व, सभापतिमा शाही

  • आश्विन २१, २०७८ बिहिवार ०८:५० बजे
  • 437
    SHARES
  • मुगुमा देउवा पक्षको वर्चश्व, सभापतिमा शाही

    मुगु ।  नेपाली कांग्रेस मुगु सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति पक्षका उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार निवर्तमान सभापति खड्गबहादुर शाहीलाई ५६ मतले हराए । 

    विजयी  ऐनले ४ सय ६ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खड्गले ३ सय ५० मतमा चित्त बुझाए । कूल ७ सय ५६ मत खसेकामा १६ मत बदर भएको छ ।

    अन्य पदाधिकारीमा पनि देउवा पक्षकै वर्चश्व छ । उपसभापतिमा कर्ण रावल र हरिजंग शाही विजयी भएका छन्  । सचिवमा जन्मजया भण्डारी र लोकेन्द्रबहादुर मल्ल विजयी भएका छन् । 

    मुगुका निर्वान क्षेत्रमा पनि देउवा पक्षले जितेको छ । प्रदेश ‘क’मा कार्मा फुल्जोक लामा र  ‘ख’ मा लोकराज दाहाल सभपाति बनेका छन्।  मुगुमा देउवा पक्षले सभापति, उपभापति, दई सचिव, एक सहसचिव, १३ सदस्य र १७ महाधिवेशन प्रतिनिधि हात पारेको छ ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij