Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

यी हुन् भारतका पाँच अर्बपति र उनीहरूको सम्पत्ति

यी हुन् भारतका पाँच अर्बपति र उनीहरूको सम्पत्ति

  • आश्विन १९, २०७८ मंगलवार १०:१६ बजे
  • 447
    SHARES
  • यी हुन् भारतका पाँच अर्बपति र उनीहरूको सम्पत्ति

    एजेन्सी ।  छिमेकी मुलुक भारतमा दिनहुँ अर्बपतिहरुको संख्या बढ्दो छ । कोभिड महामारीबीच भारतीय अर्थतन्त्रमा निरन्तर बृद्धि भइरहेको छ । प्रस्तुत छ भारतका पाँच अरबपति 

    मुकेश अम्बानी

    भारतका अर्बपति व्यापारी र चर्चित रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश धिरुभाइ अम्बानी बिगत १० वर्षदेखि भारतको सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् । यसै वर्ष आइआईएफएल वेल्थ एन्ड हुुरुन इन्डियाले सार्वजनिक गरेको एक तथ्यांकअनुसार अम्बानीको ९६ अर्ब ६० करोड डलर सम्पत्ति छ । 

    गौतम अडानी 

    अडानी ग्रुपका संस्थापक तथा अध्यक्ष गौतम अडानी भारतका दोस्रो धनाढ्य हुन् ।  सन् २०२१ को फोब्र्सको रिपोर्टअनुसार  अडानी एशियाको दोस्रो र संसारकै १३ औं धनी व्यक्ति हुन् । आइआईएफएल वेल्थ एन्ड हुुरुन इन्डियाको सर्बेक्षणअनुसार अडानीको ६५ अर्ब ६६ करोड सम्पत्ति छ । 

    शिव नाडार

    एचसीएल टेक्नोलोजिका संस्थापक तथा अध्यक्ष शिब नाडारको ३० अर्ब ७५ करोड डलर बराबरको सम्पत्ति छ । कोभिडका कारण भारतको ट्राभल, हस्पिटालिटी र रिटेल क्षेत्र प्रभावित भए पनि नाडारको सम्पत्ति भने निरन्तर बढिरहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन् । 

    एसपी हिन्दुजा 

    भारतमा जन्मिएका ब्रिटीश अर्बपति तथा लगानीकर्ता श्रीचन्द परमानन्द हिन्दुजा भारतका चर्चित उद्योगपति हुन् । उनी हिन्दुजा ग्रुप अफ कम्पनीका अध्यक्ष र प्राइमरी सेयरहोल्डर हुन् ।  २८ अर्ब ६० करोड डलर सम्पत्तिका मालिक एसपी हिन्दुजा  र उनको परिवारको स्वामित्वको अशोक लेल्यान्ड र इन्डसइन्ड बैंक एशियामा नै चर्चित कम्पनी हुन् । हुरुनको रिपोर्टअनुसार सेयर मुल्यमा भएको बृद्धिसँगै उनका कम्पनीले उल्लेख्य प्रगति गरेका छन् । मुम्बई, लन्डन र जेनेभामा रहेर हिन्दुजा ब्रोदर्सले आफ्ना कम्पनीहरू चलाउँदै आएका छन् । 

    लक्ष्मी मित्तल

    स्टिल उत्पादनमा चर्चित नाम लक्ष्मी मित्तल भारतका पाँचौं धनाढ्य हुन् । उनको २२ अर्ब ६७ करोड डलर सम्पत्ति छ । उनको स्वामित्वमा रहेको बहुराष्ट्रिय स्टिल निर्माता कम्पनी आर्सेलरमित्तलको प्रधान कार्यालय लक्जेम्वर्गमा छ ।  आर्सेलर र मित्तल स्टिलको मर्जपछि सन् २००६ मा आर्सेलरमित्तल स्थापना गरिएको थियो । निर्माण, पूर्वाधार र नविकरणीय उर्जाको क्षेत्रमा आर्सेलरमित्तलबाट उत्पादित सामाग्रीको माग बढ्दो छ । 

  • सम्बन्धित विषय:

  • # भारत
  • # अर्बपति

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij