वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १० हजार ६५२ पीसीआर र ३ हजार ८८९ एन्टीजेन परीक्षण गरि जम्मा १४ हजार ५४१ नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । जसमध्ये ८९२ जनामा पीसीआर र २६५ जनामा एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयकाअनुसार यस अवधिमा ११ सय १३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ८ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको छ । जसमध्ये १६ सय ८७८ होम आइसोलेसनमा र १३ सय १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३५४ जना आइसियूमा र ९९ जना भेन्टिलेटरमा उपचारत छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij