Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

अकस सम्झौता विवादः फ्रान्सले रद्द गर्यो बेलायतसँगको बैठक 

अकस सम्झौता विवादः फ्रान्सले रद्द गर्यो बेलायतसँगको बैठक 

  • 780
    SHARES
  • अकस सम्झौता विवादः फ्रान्सले रद्द गर्यो बेलायतसँगको बैठक 

    पेरिस । बेलायत, अमेरिका र अष्ट्रेलियाबीच भएको नयाँ रक्षा सम्झौता अकसलाई लिएर चलिरहेको विवादकै बीच फ्रान्सकी रक्षा मन्त्री फ्लारेन्स पार्लीले आफ्ना बेलायती समकक्षीसँग हुने भेटवार्ता रद्द गरेकी छन् । 

    अष्ट्रेलियाले आणविक शक्ति सम्पन्न मिसाइल निर्माण गर्न अकस सम्झौतामा हस्ताक्षर गरेर फ्रान्ससँग यसअघि गरेको सम्झौता रद्द गरेको थियो । हिन्द महासागरमा चीनलाई टक्कर दिन बेलायत, अमेरिका र अष्ट्रेलियाले सम्झौता गरेपछि अन्य युरोपेली मुलुक, चीनले निन्दा गरेका छन् । यही सम्झौतापछि निराश भएको फ्रान्सले यसअघि अष्ट्रेलिया र अमेरिकाबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो । 

    फ्रान्सको क्रमिक प्रतिक्रियापछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अकस सम्झौतालाई लिएर फ्रान्स दुखी हुनुपर्ने कुनै कारण नभएको बताएका छन् । तर फ्रान्सकी रक्षा मन्त्री फ्लोरेन्स पार्ली र बेलायती रक्षा मन्त्री बेन भ्यालेसबीच लन्डनमा हुने भेटवार्ता रद्द गरिएको हो । फ्रान्समा बेलायती राजदूत रहेका लडक रिकेट्स पनि दुई दिनसम्म हुने यस बैठकमा सहभागी हुने निश्चित थियो । 

    अमेरिका, बेलायत र अष्ट्रेलियासँग शीत युद्धकाे मानसिकता रहेकाे चीनको आरोप  अमेरिका, बेलायत र अष्ट्रेलियासँग शीत युद्धकाे मानसिकता रहेकाे चीनको आरोप  चीनलाई चुनौती दिन बेलायत, अमेरिका र अष्ट्रेलियाबीच सम्झौता  चीनलाई चुनौती दिन बेलायत, अमेरिका र अष्ट्रेलियाबीच सम्झौता 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij