वेबटिभी खबर
काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।
माओवादी केन्द्रको असोज ३० बाट हुन लागेको सम्मेलनका लागि निर्वाचन नियमावली र निर्वाचन निर्देशिका तयार पार्न बैठक बस्न लागेको हो । पार्टी कार्यालयका सचिव श्रीराम ढकालले सम्मेलनको तयारीका लागि बैठक बस्न लागेको जानकारी दिए।
‘आगामी महिनादेखि पार्टीको सम्मेलन सुरु हुँदैछ । त्यसका लागि निर्वाचन नियमावली र निर्देशिका बनाएर तल पठाइदिनका लागि बैठक बस्न लागेको हो,’ ढकालले भने ।मन्त्रिपरिषद बिस्तार र समसामयिक राजनीतिक परिस्थितिका बारेमा पनि बैठकमा छलफल हुन लागेको हो। माओवादी केन्द्रले आफ्ना तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको अझै टुंगो लगाएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij