वेबटिभी खबर
बेइजिङ । चीनमा कोरोना भाइरसविरुद्ध दुई अर्ब १४ करोडभन्दा बढी डोज खोप लगाइ सकिएको सिन्ह्वा समाचार समितिले जनाएको छ ।
देशभर दुई अर्ब १४ करोड डोज खोप लगाइएको यहाँ राष्ट्रिय स्वास्थ्य निकायले आइतबार जानकारी दिएको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट सन् २०१९ को डिसेम्बरबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान सुरु गरेका छन् । तर चीन खोप अभियान सबैभन्दा अगाडि रहेको छ ।
कोरोनाको कारण हालसम्म विश्वभर २२ करोड ५१ लाख ७४ हजार ४४२ जना संक्रमित भएका छन् भने यसको संक्रमणको कारण ४६ लाख ३९ हजार ८६७ जनाको मृत्यु भएको छ ।
चीनले विश्वलाई दुई अर्ब काेराेना खाेप सहयोग गर्ने
चीनमा फैलियो डेल्टा भेरियन्ट, १० दिनमा तीन सय जनामा पुष्टि
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij