Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कोरोना भाइरसका सक्रिय संक्रमित ३० प्रतिशतले घटे

कोरोना भाइरसका सक्रिय संक्रमित ३० प्रतिशतले घटे

  • 470
    SHARES
  • कोरोना भाइरसका सक्रिय संक्रमित ३० प्रतिशतले घटे

    काठमाडौं । भदौको पहिलो हप्ताको तुलनामा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण घट्दो र निको हुने दर बढ्दै गएको पाइएको छ । तथ्यांकअनुसार भदौको ३ गतेको तुलनामा बिहीबार सक्रिय संक्रमितको संख्यामा करिब ३० प्रतिशतले कमी आएको पाइएको छ । 

    भदौको पहिलो हप्ताको तुलनामा सक्रिय संक्रमित उल्लेखनीय रुपमा घट्दै गएको देखिएको छ । भदौ ३ गते सक्रिय संक्रमित ४० हजार ५ सय थिए भने त्यो संख्या घटेर बिहीबार २८ हजार ६७८ जनामा आएको छ । यसरी हेर्दा सक्रिय संक्रमितको संख्यामा करिब ३० प्रतिशतले कमी आएको छ ।  

    यसैगरी भदौ ३ गते १६ हजार ४३८ जनाको पिसिआर परीक्षण गरेकामा तीन हजार ७५ जनामा संक्रमण पाइएको थियो । त्यसदिन कोरोना भाइरस संक्रमण निको हुने व्यक्तिको संख्या दुई हजार १२६ जना मात्र थिए । यो संख्यामा बिहीबार गिरावट आएको छ । बिहीबारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक हेर्दा ११ हजार ९४४ जनाको पिसिआर परीक्षणमा एक हजार २७१ जनामात्र संक्रमित पाइएका छन् । 

    यता पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला घटेर १६ मा पुगेको छ भने बिहीबार एक हजार ८४५ जना संक्रमणमुक्त भएका छन् । बिहीबारसम्म सात लाख ३५ हजार ६ जना संक्रमणमुक्त भएका छन् भने नेपालमा संक्रमणमुक्त हुने दर ९४.९ प्रतिशत पुगेको छ । पछिल्लो समय मुलुकभरि नै संक्रमण घटेको पाइएको चिकित्सकले जनाएका छन् । 

    धेरै नागरिकले खोप पाएका र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले संक्रमण हुने व्यक्तिको संख्या घट्दै गएको र निको हुने संख्या बढेको पाइएको हो । नेपालमा अहिलेसम्म ५७ लाख २९ हजार ७८९ जनाले पहिलो मात्रा र ५१ लाख दुई हजार २४४ जनाले पूर्णमात्राको खोप लगाइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij