Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मुम्बईमा कोरोनाको तेस्रो लहर

मुम्बईमा कोरोनाको तेस्रो लहर

  • 694
    SHARES
  • मुम्बईमा कोरोनाको तेस्रो लहर

    काठमाडौं । भारतको महाराष्ट्रको व्यस्त सहर मुम्बईमा कोरोना भाइरसको तेस्रो लहर आएको अनुमान गरिएको छ । त्यहाँ अगस्टको पहिलो साताको तुलनामा सेप्टेम्बर महिनामा १८ प्रतिशतले कोरोना संक्रमण वृद्धि भएको छ । पछिल्लो साता मुम्बईमा २ हजार ९ सय ३९ जना संक्रमित भेटिएका छन् । आगामी १५ दिनमा संक्रमण अझै बढ्न सक्ने चेतावनी बृहन्मुम्बई नगरपालिकाले दिएको छ ।

    नागपुरमा पनि कोरोना संक्रमित बढेपछि पसल खोल्ने समय घटाइएको छ । मुम्बईमा सेप्टेम्बर सुरु भएपछि दैनिक करिब ४ सय संक्रमित भेटिएका छन् भने ५ जनाको मृत्यु भइरहेको छ । 

    संक्रमण बढेपछि मुम्बईका मेयरले १० दिनसम्म चल्ने गणेशोत्सवमा प्रतिबन्ध लगाउने र मानिसहरुलाई घरमै मनाउन आग्रह गरेका छन् । महाराष्ट्र राज्यमा पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ९८ संक्रमित भएका छन् भने ८६ जनाको मृत्यु भएको छ ।

    अहिलेसम्म यस राज्यमा ६४ लाख ९३ हजार मानिस भाइरसबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये १ लाख ३७ हजार बढीको ज्यान गएको छ । त्यहाँ संक्रमणमुक्त हुने दर ९७ प्रतिशत रहेको छ भने मृत्युदर २.१२ प्रतिशत छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij