वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोग र सभामुख अग्नि सापकोटाविरुद्ध दायर गरेको रिटमा शुक्रबार प्रारम्भिक सुनुवाइ हुँदैछ । न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दा सुनुवाइ गर्नेगरी पेशी तोकिएको छ ।
बुधबार सर्वोच्च अदालतमा एमालेले निर्वाचन आयोग, सभामुख अग्नि सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको थियो । निर्वाचन आयोग विरुद्धको रिट निवेदनमा बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै अन्तरिम आदेश माग गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij