Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

माओवादीको अन्तरिम विधानमाथि छलफल जारी

माओवादीको अन्तरिम विधानमाथि छलफल जारी

  • 529
    SHARES
  • माओवादीको अन्तरिम विधानमाथि छलफल जारी

    काठमाडौं । नेकपा माओवादी केन्द्रको अन्तरिम विधानमाथि केन्द्रीय सदस्यहरूको समूहगत छलफल जारी छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारको बैठकमा पेश गरेको विधान मस्यौदा प्रस्तावमा २ सय ९९ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख छ ।

    राष्ट्रिय सम्मेलनले केन्द्रीय समिति चयन गर्ने र त्यो केन्द्रीय समितिले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहितको पदाधिकारी चयन गर्ने विधान मस्यौदामा प्रस्ताव गरिएको छ । यस्तै केन्द्रीय सदस्यको एक तिहाइ रहेको पोलिटब्यूरो र पोलिटब्यूरोको एक तिहाइ स्थायी कमिटी रहने र महासचिवको नेतृत्वको केन्द्रीय कार्यालय सञ्चालन  टिम बनाउने प्रस्तावमा उल्लेख छ । 

    विधानमा पार्टीका सबै समितिमा महिलाको ३५ प्रतिशित प्रतिनिधित्व हुनुपर्ने र केन्द्रीय समितिमा दलितलाई १५ प्रतिशतको व्यस्था गरिएको छ । माओवादीको यसअघि विधान प्रष्ट नभएकाले यसपटक विधानमै धेरै विषय प्रष्ट पार्ने प्रयास गरिएको केन्द्रीय सदस्यहरूले बताएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij