Logo

२०८३, मंसिर ८ गते सोमवार

२०८३, मंसिर ८ गते सोमवार

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

  • 8
    SHARES
  • प्रधानमन्त्री शाहद्वारा राजघाटमा महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण

    काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले नयाँ दिल्लीस्थित राजघाटमा पुगेर भारतका राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सोमबार प्रधानमन्त्री शाहले गान्धीको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गर्नुका साथै स्मारकस्थलमा रहेको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरेका छन् । यसअघि राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा प्रधानमन्त्री शाहलाई औपचारिक सम्मान गारद प्रदान गरिएको थियो।

    भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा आइतबारदेखि सोमबारसम्म भारत भ्रमणमा रहेका शाहले आजै मोदीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । भारतीय विदेश मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा छलफल हुनेछ । विशेषगरी व्यापार, लगानी, यातायात, पूर्वाधार, ऊर्जा र कनेक्टिभिटीलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ ।

    भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा समझदारीपत्र आदानप्रदान हुने कार्यक्रमसमेत रहेको छ । प्रधानमन्त्री मोदीले नेपाली प्रधानमन्त्री र उनको ३४ सदस्यीय प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोज आयोजना गर्नेछन् । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारलगायत उच्च सरकारी अधिकारी सहभागी छन् । एएनआई

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij