वेबटिभी खबर
काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरूले बैकुण्ठ चतुर्दशी व्रत । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्दशीका दिन मनाइने यस पर्वमा भगवान् विष्णु र भगवान् शिवको पूजा-आराधना गर्ने धार्मिक परम्परा छ ।
यस दिन बिहानै स्नान गरी व्रत बस्ने, भगवान् विष्णु र शिवको पूजा गर्ने तथा दीप प्रज्वलन गर्ने चलन छ । विशेषगरी भगवान् विष्णुलाई तुलसी र भगवान् शिवलाई बेलपत्र अर्पण गरी पूजा गरिन्छ ।
बैकुण्ठ चतुर्दशीका दिन व्रत तथा पूजा गर्नाले पुण्य प्राप्त हुने र मोक्षको मार्ग प्रशस्त हुने धार्मिक विश्वास छ । यस अवसरमा विभिन्न शिवालय तथा विष्णु मन्दिरमा भक्तजनको उपस्थिति रहने गर्दछ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij